हिमालयन बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’
काठमाडौं । हिमालयन बैंक लिमिटेडले वित्तीय साक्षारता प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मादी नगरपालिकामा यही मंसिर २३ गते शुक्रबार र पाख्रिबास नगरपालिकामा यही मंसिर २४ गते शनिबार वित्तीय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो । सो वित्तीय साक्षरता कार्यक्रम बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्तरूपमा आयोजना गरेको थियो ।
बैंकको यस कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, राजनितिक दलका प्रतिनिधिहरू, विद्यालयहरूका शिक्षकहरू, शिक्षा शाखा प्रमुख, व्यावसायिक, विद्यार्थीहरू तथा महिलाहरू गरी करिब ७० जनाको उत्साहजनक उपस्थिति रहेको थियो । सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदिजस्ता विषयहरूमा विस्तृत ज्ञान दिएका छन् ।
बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका मेयर जीवन कुमार लिंग्थेप प्रमुख अतिथिका रूपमा थिए भने पाख्रिबास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ प्रमुख अतिथिका रूपमा थिए । यसैगरी बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ललगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया