Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफद्वारा सुदूरपश्चिममा मेडिकल अन्डर राइटिङको लागि सम्झौता

रिलायन्स लाइफद्वारा सुदूरपश्चिममा मेडिकल अन्डर राइटिङको लागि सम्झौता


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदूरपश्चिममा मेडिकल अन्डर राइटिङको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ । कम्पनीले धनगढीस्थित केजी हस्पिटल अत्तरियास्थित अत्तरिया अस्पताल, महेन्द्रनगरस्थित लाइफ केयर प्याथालोजीका साथै लाल रत्न अस्पताल, लम्कीसँग पनि मेडिकल अन्डर राइटिङको लागि सम्झौता गरेको हो ।

कम्पनीका ग्राहकवर्गलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेकअप सुविधा प्राप्त होस् भनी सो सम्झौता गरिएको कम्पनीले बताएको छ । उक्त सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, रिजनल मेनेजर ललित बहादुर साउदका साथै कम्पनीका स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x