प्राइम कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा डा. चित्रकार
काठमाडौं । प्राइम कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा प्राडा तारादेवी चित्रकार नियुक्त भएकी छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको चार सय ५५औँ बैठकले नयाँ बानेश्वर, काठमाडौं निवासी प्राडा चित्रकारलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
नेपाल विद्याभूषण ‘क’बाट विभूषित, व्यवस्थापन विषयअन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरेकी प्राडा चित्रकार त्रिभुवन विश्वविद्यालयअन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरी रहेकी छन् । उनका विभिन्न शोधमूलक लेख रचना प्रकाशित छन् भने सामाजिक क्षेत्रमा समेत सक्रिय रहेकी छन् ।
यसैगरी बैंकको बिहीबार नै बसेको सञ्चालक समितिको चार सय ५६औँ बैठकले बैंकको आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आठ दशमलव ९५ प्रतिशत अर्थात् एक अर्ब ६६ करोड ९७ लाख ४० हजार आठ सय ९१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये प्रतिसेयर चार प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर चार दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरिएको छ । प्रस्तावित बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात् प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया