राष्ट्रिय वाणिज्य बैंकद्वारा नवनियुक्त अधिकृतहरूलाई पूर्वसेवाकालीन तालिम प्रदान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगतरूपमा छनोट भएका दुई सय जना नवनियुक्त अधिकृतहरूलाई १० दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक रूपान्तरणको प्रक्रियामा रहेकाले प्रतिस्पर्धी बजारमा बैंकले लिएको रणनीति कार्यान्वयनमा यो ठूलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए । उनले विभिन्न प्रक्रियापश्चात् बैंकले एक पटक ठूलो संख्यामा युवा अधिकृतहरूलाई नियुक्ति दिएर बैंकिङ क्षेत्रमार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए । उनले अरु छ सयभन्दा बढी सहायकस्तरका कर्मचारीहरूको भर्नाप्रक्रिया छिटै पूरा भएपछि बैंकको उत्पादकत्व बढ्ने बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नवनियुक्त सहायक प्रबन्धक, तह ६ र उपप्रबन्धक, तह ७ का जम्मा दुईसय जना अधिकृतहरूलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथ गराएका थिए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ६४ वटा शाखा कार्यालय, दुई सय ६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले पायो ‘तेस्रो बेस्ट म्यानेन कमर्सियल बैंक २०२२ अवार्ड’
कामाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एसियन पेन्ट्स न्यू बिज बिजनेसकन्क्लेभ एन्ड अवार्डस कार्यक्रममा ‘तेस्रो बेस्ट म्यानेन कमर्सियल बैंक २०२२ अवार्ड प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए ।
अर्थमन्त्री माननीय जनार्दन शर्माले उद्घान गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणालाई व्यावसायिक क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेस लिडरसिप अवार्ड प्रदान गरिएको थियो । सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यावसायिक संस्थाहरूको गरेको विभिन्न व्यावसायिक कार्य प्रगतिको आधारमा अवार्डस् प्रदान गर्दै आइरेको आयोजकले बताएको छ । कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया