समृद्धि फाइनान्सद्वारा इटहरीमा न्यानो लुगा वितरण
काठमाडौं । समृद्धि फाइनान्सले आइतबार इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरी वडा न. ८ मा रहेको औम श्री पीपलबोटे खुला विद्यालयका एक जना शिक्षक र २५ जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको हो । फाइनान्सका इटहरी मु. शाखाप्रमुख जनक पोखरेल र इटहरी वडा न. ६ वडा अध्यक्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको फाइनान्सका व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
करिब २५ वर्षअघिदेखि न्यून आयस्रोत भएका परिवारका केटाकेटीहरूलाई भेला पारी बिहानको समयमा एकदेखि दुई घण्टासम्म खोला किनारमा पीपलको बोटमुनी त्रिपाल तथा म्याट ओछ्याएर एक शिक्षक चन्द्र भण्डारीले पढाउँदै आएको विद्यालय हो ओम श्री पीपलबोटे खुला विद्यालय, हाल त्यहाँ विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने र नगर्ने समेत गरी कक्षा एकदेखि सातसम्मका २५ जना विद्यार्थीहरू अध्ययन गर्छन् ।
फाइनान्सले मंसिर २८ गते बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका २६ जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको थियो भने मंसिर २९ गते जनकपुरमा वडा न. ८ मा रहेको जानकी वृद्धा आश्रममा २० जना वृद्धवृद्धालाई कम्बल वितरण गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको जनाएको छ । फाइनान्सले हाल आठवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया