Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउन्टर

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउन्टर


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाग्राहिको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरूलाई मध्यनजर राख्दै आफ्नो तेस्रो विस्तारित काउन्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौं महानगरपालिका वडा नं १४, रविभवन, काठमाडौंमा पुस ०५ गतेदेखि कलंकी शाखाको मातहतमा रहने गरी सञ्चालनमा ल्याएको छ । बैकंका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याइएको छ । यसअघि नै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउन्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याइसकेको छ ।

सुविधासम्पन्न उक्त विस्तारित काउन्टरमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिट्यान्ससम्बन्धीको सेवाहरूलगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ३३ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x