Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफको ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’

महालक्ष्मी लाइफको ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’


काठमाडौं । युवासँग–महालक्ष्मी लाइफको सफलतापछि महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले पुस ४ गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ती बालेर उक्त कार्यक्रमको समुदघाटन गरेका हुन् । कार्यक्रममा देशभरबाट शाखा÷उपशाखा प्रमुख र अधिकृतहरू समेत गरी ७५ जनाको उपस्थिति थियो ।

समारोहमा अध्यक्ष शर्माले आफ्नो उद्घाटन मन्तव्य दिँदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महिला सशक्तीकरणको लागि कार्यक्रम सञ्चालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिकरूपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरूलाई अगाडि बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तीकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराए । देशमा महिलाको जनसंख्या पुरुषको दाजोमा बढ्दै गइरहेकोले उनीहरूलाई सक्षम र आर्थिकरूपमा सबल नबनाई देश अघि बढ्न सक्दैन । महिलाहरूलाई तालिम दिई रोजगारीमार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने जानकारी प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिए ।

आव २०७९/८० भित्र परीक्षणको रूपमा सञ्चालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिनेछ । यो कार्यक्रममार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र तीन हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । यो कार्यक्रममा सरकारी, गैरसरकारी निकायसँग समन्वय गरी महिलाहरूलाई तालिम दिने, रोजगारीको लागि बीमालगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ । वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले स्वागत मन्तव्य र कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरूलाई धन्यवादज्ञापन गरेका थिए ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०७८/७९ मा विद्यार्थी र युवाहरूमा जीवन बीमासम्बन्धी जनचेतना अभिबृद्धि गर्नेगरी युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सञ्चालन गरेको थियो । एक वर्षभित्र कम्पनीका वरिष्ठ अधिकृतहरूले ३५ जिल्लाको ९१ वटा प्लस्टु र ब्याचलर कलेजमा आठ हजारभन्दा बढी युवालाई तालिम प्रदान गरेको थियो । उक्त कार्यक्रम अत्यन्त सफल भई बीमासम्बन्धी जनचेतना जगाउन प्रभावकारी भएको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x