Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट


काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्यूआर)ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम तीन सय रूपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन । यो योजना २०७९ साल पुस २० गतेसम्म रहनेछ भने छुट अवधिभर हरेक ग्राहकले नौ सय रुपैयाँसम्म छुट लिन सक्नेछन् । स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)को सम्पूर्ण शाखाहरूमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x