Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकका पाँच नयाँ शाखा

राष्ट्रिय वाणिज्य बैंकका पाँच नयाँ शाखा


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकैपटक पाँचवटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेशस्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलाबारी, मधेस प्रदेशस्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेशस्थित शाखा कार्यलय रसुवाको शनिबार उद्घाटन गरिएको छ । यसपछि बैंकको देशभर दुई सय ६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

शाखा कार्यालय ताप्लेजुङको बैंक सञ्चालक दिलिप कुमार ढुंगाना, शाखा कार्यालय तेह्रथुमको म्याग्लुङ नगरका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारीको झापा १ ख का प्रदेश सांसद गोपाल तामाङ, शाखा कार्यालय मलगंवाको सर्लाही २ ख का प्रदेश सांसद माननीय कौशल किशोर दास र शाखा कार्यलय रसुवाको रसुवा ख का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिबार अगल–अलग कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ सेवा प्रवाह गरिरहेको बताए । शाखा कार्यालयको उद्घाटनमा बैंकतर्फबाट बैंक सञ्चालक प्राडा राजनबहादुर पौडेल र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ शाखा कार्यालय धुवलावारीमा, बैंक सञ्चालक लक्ष्मण घिमिरे र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल शाखा कार्यलय रसुवामा, नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी शाखा कार्यालय मलगंवामा, उपकार्यकारी अधिकृत पवन रेग्मी शाखा कार्यालय ताप्लेजुङमा र उपकार्यकारी अधिकृत विनयरमण पौडेल शाखा कार्यालय तेह्रथुममा सहभागी भएका थिए ।

शाखा कार्यालयहरूको उद्घाटन समारोहमा जनप्रतिनीधि, राजनितिक दलका प्रतिनिधि, सेना, प्रहरी, उद्योगी, व्यवसायी, कर्मचारीहरू लगायतको भव्य उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित दुई सय ६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटिएम र एक सय दुईवटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x