Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसगरमाथा इन्स्योरेन्सद्वारा मौसममा आधारित धानबाली बीमाको क्षतिपूर्ति प्रदान

सगरमाथा इन्स्योरेन्सद्वारा मौसममा आधारित धानबाली बीमाको क्षतिपूर्ति प्रदान


काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले मौषममा आधारित धानबाली बीमाको क्षतिपूर्ति प्रदान गरेको छ । परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दे सगरमाथाले नेपाल बीमा प्राधिकरणको स्वीकृतिबाट पाइलटिङ बीमा योजनाको रूपमा जारी गरिएको बाढी सूचकाङ्कका आधारमा सामूहिक धानखेती बीमा कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नं. ३ भित्रका १० वटा कृषक समूहहरूका एक सय जना कृषकहरूको ४० हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित ‘भूमी अनुसन्धान तथा नीति संंवादका लागि सहकार्य (कोर्लाप) तथा यूएसआईडी टायर नेपाल प्राकृतिक प्रकोप व्यवस्थापन आयोजनाअन्तर्गतको आर्थिक सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत कैलाली जिल्लाका कृषकहरूको धान बालीको जोखिम वहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो ।

सोही बीमालेखअन्तर्गत बीमा गरिएको धानबालीहरूमा मिति २०७९ असोज ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानी वहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्कभन्दा बढी भई धानबालीमा क्षति पुगेकोमा २०७९ पुस १० गतेका दिन भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्य, कोलार्पका प्रतिनिधिको उपस्थितिमा सगरमाथा इन्स्योरेन्स कम्पनीका अन्डरराइटिङ विभाग प्रमुख दिवस तिमिल्सिनाले बाढीका कारण धानखेतीमा क्षति पुगेका ३१ जना कृषकहरूलाई क्षतिपूर्तिबापत जम्मा रकम चार लाख एक हजार चार सय ९९ रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x