Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन

सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसर पारेर नक्साल, काठमाडौंस्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको सोमबार समुद्घाटन गरेको छ । सो दिन आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जिलाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्तरूपमा भवनको समुद्घाटन गरेका हुन् । कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू, बैंकका पूर्वसञ्चालकहरू, संस्थापक सेयरधनीहरू, बैंकको व्यवस्थापन एवं कर्मचारी तथा ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यसैगरी बैंकले उक्त समुद्घाटन समारोहमा बैंकमा १५ वर्ष वा सोभन्दा बढी निरन्तर कार्यरत रही योगदान प्रदान गरेका सेवारत कर्मचारीहरूलाई पनि सम्मान गरेको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय आफैँले निर्माण गरेको भवनमा स्थानान्तरण गरी बैंकका ग्राहकहरूलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरेको हो । केन्द्रीय कार्यालयको अतिरिक्त बैंकले पोखरा, विराटनगर र वीरगञ्जस्थित आफ्नै कार्यालय भवनबाट समेत बंैैकिङ सेवा सुचारु गरिसकेको छ । अत्याधुनिक प्रविधिमैत्री बंैैकिङमार्फत आम ग्राहकहरूसमक्ष उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तिमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बंैकले विश्वास लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ९३ वटा शाखा (चारवटा एक्सटेन्सन काउन्टरसहित), दुई सय १५ वटा एटीएम, एक सय १८ शाखारहित बैंकिङ सेवा र एक हजार आठ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैैकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न बैंकिङ सुविधाहरू सरल एवं ग्राहकमैत्री ढंगले प्रवाह गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x