Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको वार्षिक साधारणसभा

सिद्धार्थ बैंकको वार्षिक साधारणसभा


काठमाडौं । सिद्धार्थ बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २८ गते आफ्नो २८औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार आठ सय ३५ रुपैयाँमध्येबाट १२ दशमलव ५० प्रतिशत अर्थात् एक अर्ब ५६ करोड ५५ लाख ५३ हजार तीन सय ५४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसबाहेक कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत अर्थात् आठ करोड २३ लाख ९७ हजार पाँच सय ४५ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x