Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको एक करोड बीमा सुविधासहितको श्रीवृद्धि प्लस मुद्दती खाता

सिद्धार्थ बैंकको एक करोड बीमा सुविधासहितको श्रीवृद्धि प्लस मुद्दती खाता


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक प्रतिफलका साथमा एक करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ । व्यक्तिगत ग्राहकवर्गहरूलाई लक्षित गरी ल्याइएको यो मुद्दती योजनाअन्तर्गत न्यूनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ ।

बैंकका अनुसार यो मुद्दती योजनामा ग्राहकवर्गहरूले निक्षेप रकमको दुई गुणासम्मको प्रतिफल प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त, पहिलो वर्षको लागि निःशुल्क यूएनओ क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सकिनेछ । यो मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ । ग्राहकवर्गहरूले सिद्धार्थ बैंककोे सबै शाखा कार्यालयहरूबाट सहजै यो मुद्दती खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले देशभर एक सय ९३ वटा शाखा (चारवटा एक्सटेन्सन् काउन्टरसहित), दुई सय १५ वटा एटीएम, एक सय १८ शाखारहित बैंकिङ सेवा र एक हजार आठ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x