Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंकको साधारणसभा

सेञ्चुरी कमर्सियल बैंकको साधारणसभा


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार बैंकले आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले सेयरधनीहरूलाई आव २०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजी रकम नौ अर्ब ५५ करोड ३९ लाख नौ हजार एक सय ९८ रुपैयाँमध्येबाट चार दशमलव ७५ प्रतिशते बोनस सेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८÷७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सोसम्बन्धी अनुसूची पारित गरेको छ ।

सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । चालू आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ९७ अर्ब २९ करोड र कुल कर्जा रकम ८७ अर्ब ४५ करोड रुपैयाँ परिचालन गरी ३१ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x