Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुुडविल फाइनान्सले २५ करोड रूपैयाँको ऋणपत्र आजबाट

गुुडविल फाइनान्सले २५ करोड रूपैयाँको ऋणपत्र आजबाट


काठमाडौं, फागुन २८
गुडविल फाइनान्सले आज बुुधबारबाट २५ करोड रूपैयाँबराबरको ऋणपत्रको बिक्री खुला गरेको छ । फाइनान्सले यही फागुुन २८ गतेबाट एक हजार रूपैयाँ अंकित मूल्य कायम रहने गरी २५ लाख कित्ता ऋणपत्रको बिक्री खुला गर्न लागेको हो । फाइनान्सका अनुसार सात वर्षे अवधिको वार्षिक १२ प्रतिशत ब्याजदर कायम रहने गरी गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ जारी गर्न लागिएको हो । सर्वसाधारणहरूले न्यूनतम २५ देखि अधिकतम पाँच हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी एक अर्ब रूपैयाँ रहेको फाइनान्सको जारी पुँजी ८० करोड रूपैयाँ रहेको छ भने चुुक्ता पुँजी पनि ८० करोड रूपैयाँ नै रहेको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिचटेड रहेको ऋणपत्रको बिक्री कार्य छिटोमा चैत दुुई गते र एवं ढिलोमा चैत १२ गते बन्द हुुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x