Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबीच समझदारी


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल प्रालिबीच सम्झौता भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरूमा १३ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले भारतको दिल्लीस्थित मेदान्त हस्पिटल लगायत मुलुकको करिब २५ अस्पतालसँग छुट सहकार्यको सम्झौता गरेको छ । हाल बैंकमा करिब १५ लाख ग्राहकहरूले सेवा लिइरहेका छन् । बैंकले देशैभरि फैलिएका आप्mना एक सय ८० वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ३३ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x