Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा

राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा


ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट सेयर सदस्य सहकारी संघ संस्थाहरूलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९औँ वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५ हजार चार सय ७४ सदस्य सहकारी संघ–संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । साधारणसभाले १५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएका छौँ, बैंकका अध्यक्ष केबी उप्रेतीले भने । उनका अनुसार साधारणसभा सकिएलगत्तै आजै सहकारीहरूको खातामा लाभांश पठाइएको उल्लेख गरे । एकाइ प्रतिनिधिहरूको साधारणसभा सोमबार सम्पन्न भएसँगै देशभरका सहकारीहरूको खातामा लाभांशको रकम पठाइएको हो ।

बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ४३ करोड ४५ लाख ५७ हजार साता सय ४८ रुपैयाँ लाभांश वितरण गरेको छ, सहकारी बैंकले विगत पाँच वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समावेश नगरीएको बैंकले जनाएको छ, बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैंकसँग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ/संस्थाहरूलाई धन्यवादज्ञापन गर्दै आगामी दिनहरूमा समेत राष्ट्रिय सहकारी बैंकसँग गरिने कारोबारमा वृद्धि गरी थप लाभान्वित हुन सम्पूर्ण सहकारी संघ–संस्थाहरूमा अनुरोध गरेको छ ।

बैंकले छिट्टै नै सदस्यहरूलाई संरक्षित पुँजी फिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ, बैंकले लाभांशबाहेक कारोबारका आधारमा संरक्षित पुुँजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरूलाई रकम उपलब्ध गराउँदै आएको छ । संरक्षित पुुँजी फिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समयपछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x