Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारभैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड


काठमाडौं । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्द्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । उक्त मन्दिरमा वर्षेनी थुप्रै भक्तजनहरू आउने गरेका छन् भने विशेषगरी मंगलबार र शनिबार दर्शनार्थीहरूको भिडभाड हुने गर्दछ

डिजिटल बैंकिङमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंक लि.ले पाल्पाको पवित्र तीर्थस्थल भैरवनाथ मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यूआर कोड हस्तान्तरण गरेको थियो । उक्त क्यूआर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र माछापुच्छ्रे बैंक लि.का लुम्बिनी प्रदेश नं ५ क्लस्टर एका प्रमुख नारायण केसीमार्फत भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद पोखरेललाई संयुक्तरूपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, व्यापारी, सर्वसाधारण एवं बैंकका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरूले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरूले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पका रूपमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ । डिजिटल सेवालाई सुरक्षित र भरपर्दाे बनाउन ओटीपी पासवर्डलगायत अन्य बैंकिङ विवरण कसैसँग पनि सेयर नगर्न समेत बैंकले अपिल गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x