Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकका ग्राहकलाई मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा छुट

नबिल बैंकका ग्राहकलाई मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा छुट


काठमाडौं । नबिल बैंकका ग्राहकहरूलाई मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा छुट पाउने भएका छन् । नबिल बैंक र मिडास एजुकेसन प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्नसक्ने भएका हुन् ।

नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रूपैयाँमा प्राप्त गर्न सक्नेछन् भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यस समझदारीपत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्ममार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ ।

मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्युटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मकरूपमा विकास गरेका हुन्छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x