Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई–पेबाट आईएमई लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक

आईएमई–पेबाट आईएमई लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक


काठमाडौं । आइएमई–पे र आईएम–ई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आईएमई–पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । सम्झौता आदान प्रदान कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै आईएमई–पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतलेयो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरूलाई प्रोत्साहन मिल्ने बताए । सम्झौतापश्चात् आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आईएमई–पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् । प्रयोगकर्ताले भुक्तानी गरेपछि एक हजार रूपैयाँको बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

आईएमई–पेको बारेमा : नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आईएमई–पे आईएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योग्दान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x