Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा छुट


काठमाडौं । ‘सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाबहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।

सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले ओम समाज डेन्टल हस्पिटलको ओपीडी डक्टर कन्सोलेसन एन्ड चेक अप सेवा निःशुल्क, जनरल डेन्टल ट्रिटमेन्ट, सेवामा १५ प्रतिशत र अर्थो थेरापी एन्ड डेन्टल ट्रिटमेन्ट सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा. सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् ।

यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरूको पहुँच बढ्नुका साथै डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x