Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता


काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने गाभिने (मर्जर)सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यससँगै मर्जरप्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् । दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरीक्षकको नियुक्ति पनि गरिनेछ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिकरुपमा मर्जरप्रक्रिया सुरु हुनेछ । मर्जरप्रक्रिया यसै आर्थिक वर्षभित्र सम्पन्न हुने अपेक्षा छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x