Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंक र सेञ्चुरी बैंकद्वारा एकीकृत कारोबार शुभारम्भ

प्रभु बैंक र सेञ्चुरी बैंकद्वारा एकीकृत कारोबार शुभारम्भ


काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन् । प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गरी मंगलबारदेखि प्रभु बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबारको शुभारम्भ गरेको हो । एकीकृत कारोबारको शुभारम्भ प्रतिनिधिसभा सदस्य समेत रहेका बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनले गरेको बैंकले जानकारी दिएको छ ।

एकीकृत कारोबारपश्चात् बनेको प्रभु बैंक सञ्चालक समितिको अध्यक्ष पदमा लिला प्रकाश सिटौला रहेका छन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा प्रभु बैंककै अशोक शेरचन रहेका छन् । एकीकृत कारोबारपश्चात् बैंकको चुक्ता २३ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ । यसैगरी बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब रूपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप दुई खर्ब ८४ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ ।

यसैगरी बैंकको कुल कर्जा रकम भने दुई खर्ब ५३ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ । कुल ग्राहकसंख्या ३० लाखभन्दा बढी रहेको बैंकको एकीकृत कारोबारपश्चात् सबै क्षेत्रमा गरी तीन सय ६५ वटा शाखा, तीन सय नौवटा एटीएम काउन्टर र ७२ वटा एक्सटेन्सन काउन्टर पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x