Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई हिम इलेक्ट्रोनिक्समा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई हिम इलेक्ट्रोनिक्समा छुट


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नक्साल, काठमाडौंमा अवस्थित हिम इलेक्ट्रोनिक्स प्रालिसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका ग्राहकहरूले सामसङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्ध (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरूमार्फत विभिन्न विद्युतीय सामाग्रीहरूको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले सामसङ प्लाजाबाट कन्जुमर इलोक्ट्रोनिक्सहरूको खरिदमा १५ प्रतिशत र मोबाइल फोनको खरिदमा पाँच प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन ।

यस किसिमको सहकार्यबाट विद्युतीय सामग्रीहरूको प्रयोगमा ग्राहकहरूको पहुँच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x