Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईसीएफसी फाइनान्सको १९औँ वार्षिक साधारणसभा

आईसीएफसी फाइनान्सको १९औँ वार्षिक साधारणसभा


काठमाडौ । आईसीएफसी फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले शुक्रबार काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

उक्त साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत अर्थात् पाँच प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८०को लागि बाह्य लेखापरीक्षकमा श्री एन. अमात्य एन्ड कं. चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।

चुक्ता पुँजी एक अर्ब १२ करोड ७१ लाख रुपैयाँ रहेको फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा एउटा एक्सटेन्सन काउन्टर र २० वटा एटीएममार्फत एक लाखभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरिसेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x