Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम बैंकको बोनस सेयर पारित

प्राइम बैंकको बोनस सेयर पारित


काठमाडौं । प्राइम कमर्सियल बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा काठमाडौंमा बैंकले बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिले सिफारिस गरेबमोजिम बैंकको चुक्ता पुँजीको चार दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पुँजीको चार प्रतिशतका दरले बोनस सेयर दिने निर्णय भएको छ । चुक्ता पुँजीको चार प्रतिशतका दरले बोनस सेयर दिएपछि बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोडभन्दा बढी हुनेछ ।

बैंकको नियमावलीअनुसार उक्त सभाबाट संस्थापक सेयरधनीहरूको तर्फबाट तीन जना सञ्चालकहरूमा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालकहरूमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x