Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको ३० प्रतिशत लाभांश

नबिल बैंकको ३० प्रतिशत लाभांश


काठमाडौं । नबिल बैंकको ३८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरण सभाले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

३८ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले यसवर्ष पनि ‘क’ वर्गको बैंकहरूमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको जानकारी दिएको छ । सभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालकमा निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकले चार अर्ब २५ करोड ६० लाख रुपैयाँ मुनाफा हासिल गर्न सफल भएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपछि बैंकको चुक्ता पुँजी २७ अर्ब रुपैयाँ नाघेको छ ।

बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए । उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x