Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफको एमडीआरटी कार्यक्रम

सिटिजन लाइफको एमडीआरटी कार्यक्रम


काठमाडौं, फागुन २९
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँंमा एमडीआरटी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरू माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा चार सयभन्दा बडी सक्रिय सिटिजन लिडरहरूको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले ‘एमडीआरटी’ के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरूको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरूलाई प्रेरित गराएका थिए । यसका साथै उनले ‘एमडीआरटी’को लागि योग्य हुन आवश्यक कुराहरूमा जोड दिए । सोही कार्यक्रममा ‘एमडीआरटी’मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरूलाई तथा ‘एमडीआरटी’को लक्ष्य लिएएका सिटिजन लिडरहरूलाई सम्मान पनि गरिएको थियो ।

समापनको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउँदै ‘एमडीआरटी’ जस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताए । उनले आगामी दिनहरूमा बीमामा आबद्ध भई उच्च सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरूलाई प्रेरित गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x