Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठद्वारा शपथग्रहण

प्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठद्वारा शपथग्रहण


काठमाडौं । प्राइम कमर्सियल बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्राइम बैंक सञ्चालक समितिको यही पुस २९ गते बसेको सञ्चालक समितिको चार सय ५९औँ बैठकबाट सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ (२) बमोजिम बिहीबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकमा आयोजित उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, प्राइम कमर्सियल बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x