Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्त वित्तीय संस्था २२औँ वर्षमा प्रवेश

डिप्रोक्स लघुवित्त वित्तीय संस्था २२औँ वर्षमा प्रवेश


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड २१औँ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । औपचारिक वित्तीय सेवाको पहुँचबाहिर रहेका विपन्न ग्रामीण परिवारलाई स्तरीय, दिगो तथा भरपर्दाे लघुवित्त सेवा उपलब्ध गराई उनीहरूको आर्थिक अवास्था सुधार्ने मुल उद्देश्य लिएर संस्था स्थापना भएको जानकारी उक्त संस्थाले दिएको छ ।

डिप्रोक्स–नेपाल, नविल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड (तत्कालीन लुम्बिनी फाइनान्स एन्ड लिजिङ कंम्पनी लिमिटेड) र सिप्रेड तथा लघुवित्त क्षेत्रका दक्ष व्यक्तिहरू समेतको संलग्नतामा नेपाल सरकार कम्पनी रजिष्ट्रार कार्यालयबाट मिति २०५७/०९/२८ मा कम्पनी दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०५८/०३/१९ मा इजाजत प्राप्त गरी स्थापित संस्थाले हाल देशको ७१ जिल्लामा एक सय ४९ शाखाहरूमार्फत दुई लाख ४३ हजारभन्दा बढी सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

संस्थाको स्थापना दिवस कार्यक्रमलाई पानसमा बत्ती बालेर संस्थाका अध्यक्ष दिपक खनालले गरेका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष खनालले २० वर्षभन्दा बढी सेवा गरेका २८ जना कर्मचारीलाई दीर्घ सेवा पदक र प्रमाणपत्र प्रदान गरेका थिए । यसैगरी १५ वर्ष सेवा अवधि भएका १७ जना कर्मचारीहरूलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x