Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई लाइफ इन्स्योरेन्सका एक सीओटीसहित ३४ एमडीआरटी सम्मानित

आईएमई लाइफ इन्स्योरेन्सका एक सीओटीसहित ३४ एमडीआरटी सम्मानित


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरूमध्ये सन् २०२३ को लागि एक सीओटीसहित ३४ जना एमडीआरटी सम्मानित भएका छन् ।

कम्पनीले एक समारोहको आयोजना गरी उनीहरूलाई सम्मान गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त अवसरमा यसपालि एमडीआरटीको रूपमा सम्मानित हुनेमा शारीरिकरूपमा विशेषरूपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए ।

कम्पनीको समयसापेक्ष बजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरू उत्प्रेरित हुनु भएकाले अहिलेको आर्थिकरूपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरूले एमडीआरटी उपलब्धि हासिल गरेको कुरा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले बताए ।

एमडीआरटी अर्थात् मिलियन डलर राउन्ड टेबल सन् १९२७ मा रजिष्टर भएको एमडीआरटी एक विदेशी संस्था हो । जहाँ ७२ देशका पाँच सय कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरू सहभागी हुन पाउँछन् । यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थामार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरूले सहभागी हुन पाउने व्यवस्था रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x