Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत अर्थात् सात करोड ३७ लाख ५० हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँमध्येबाट ४७ दशमलव पाँच प्रतिशत अर्थात् सात करोड ६२ हजार पाँच सय रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि दुई दशमलव पाँच प्रतिशत अर्थात् ३६ लाख ८७ हजार पाँच सय रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी संस्थाको यही पुस २६ गते मंगलबार बसेको सञ्चालक समितिको ५१औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x