Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएसडीसी लघुवित्तको नाफा सात करोड ९४ लाख

आरएसडीसी लघुवित्तको नाफा सात करोड ९४ लाख


काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ९४ लाख १४ हजार छ सय २२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ८९ लाख १९ हजार ४९ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंँजी ८० करोड ५१ लाख ५५ हजार सात सय ४१ रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब २८ करोड ३४ लाख ८३ हजार छ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ७५ लाख ६३ हजार दुई सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर दुई दशमलव १४ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब १४ करोड ७८ लाख ४२ हजार नौ सय २९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौं करोड ४३ लाख ८३ हजार चार सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव शून्य छ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x