Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुपरमोदी हाइड्रोपावर कम्पनीको साधारण सेयरको बिक्री खुला

सुपरमोदी हाइड्रोपावर कम्पनीको साधारण सेयरको बिक्री खुला


काठमाडौं । सुपरमोदी हाइड्रोपावर कम्पनीले १७ करोड ४३ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले यही माघ नौ गते अर्थात् आज सोमबारबाट हाल एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १७ लाख ४३ हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी दुई अर्ब १० करोड रुपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा २१ करोड रुपैयाँबराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको थियो । सोमध्ये पाँच प्रतिशतले हुनआउने एक लाख पाँच हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरूलाई बाँडफाँट गरिएको र दुई प्रतिशत अर्थात् ४२ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँट गरिएको छ । त्यसपछि बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर भने सर्वसाधारणको लागि खुला गरिएको कम्पनीको भनाइ छ ।

खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्रीकार्य छिटोमा यही माघ १२ गते र ढिलोमा यही माघ २३ गते बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x