Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआत्मनिर्भर लघुवित्तले साधारण सेयरको बिक्री खुला गर्ने

आत्मनिर्भर लघुवित्तले साधारण सेयरको बिक्री खुला गर्ने


काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले दुई करोड तीन लाख ३८ हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । संस्थाका अनुसार एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी हाल कायम रहेको जारी पँुजी छ करोड २३ लाख ३८ हजार रुपैयाँमध्येबाट ३२ दशमलव ६२ प्रतिशतले हुन आउने दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागिएको हो ।

यसरी बिक्री गर्न लागिएको कुल सेयरमध्येमा १० प्रतिशत अर्थात् २० हजार तीन सय ३८ कित्ता सेयर वैदेशिक रोजगारीका क्रममा रहेकाहरूलाई छुट्याइएको छ । त्यो समूहको लागि भने यही माघ १६ गतेबाट साधारण सेयरको बिक्री खुला भई फागुन १ गतेबाट बिक्री कार्य बन्द हुनेछ । यीबाहेक बिक्रीको लागि छुट्याइको कुल सेयरमध्येमा एक दशमलव ५३ प्रतिशत अर्थात् तीन हजार एक सय १७ कित्ता सेयर भने संस्थामा कार्यरत कर्मचारीहरूको लागि छुट्याइको छ भने पाँच प्रतिशत अर्थात् १० हजार एक सय ७० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छु्ट्याइएको छ । यसबाहेक बाँकी रहेको एक लाख ६९ हजार सात सय ५५ कित्ता सेयर भने सर्वसाधारणको लागि छट्याइएको छ । यो सेयर खरिद गर्नको लागि सर्वसाधारणहरूले यही फागुन ११ गते देखि फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । ढिलोमा यही फागुन १५ गते बिक्री कार्य बन्द हुने संस्थाको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x