Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनारायणी डेभलपमेन्ट बैंक खुद नोक्सानीमा

नारायणी डेभलपमेन्ट बैंक खुद नोक्सानीमा


काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६६ लाख २९ हजार दुई सय ३१ रूपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नोक्सानी ५९ लाख ९८ हजार आठ सय ७६ रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार छ सय रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ५९ करोड ६७ लाख नौ हजार आठ सय ६० रूपैयाँ निक्षेप संकलन गरी ५३ करोड ११ लाख ९९ हजार दुई सय ८२ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड १५ लाख ७४ हजार सात सय ६६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव १७ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ३३ करोड ६६ लाख ७२ हजार दुई सय ८८ रूपैयाँ निक्षेप संकलन गरी ३४ करोड २० लाख ३७ हजार आठ सय ५३ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट १६ लाख ८६ हजार छ सय ७९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ८८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x