Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र शंकरदेव क्याम्पसबीच सम्झौता

ग्लोबल आईएमई बैंक र शंकरदेव क्याम्पसबीच सम्झौता


काठमाडौं, फागुन ३०
ग्लोबल आईएमई बैंक लिमिटेड र शंकरदेव क्याम्पसबीच सम्झौता भएको छ । क्याम्पसका विद्यार्थीहरूले इन्टरनेटको प्रयोग गरी विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिनेसम्बन्धी सम्झौतापत्रमा दुवै संस्थाका प्रमुुखहरूले हस्ताक्षर गरेका हुुन् । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्णप्रसाद आर्चायले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात, शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्र्यार्थीहरूले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

समयसापेक्ष डिजिटल बैंकिङ सेवालाई प्रर्वदन गर्ने उद्देश्यअनुसार ग्लोबल आईएमई बैंकले विभिन्न संघ संस्थाहरूलाई आफ्नो भुक्तानी संकलन गर्नका लागि प्रविधिमैत्री सुविधा उपलब्ध गराउँदै आइरहेको छ । शंकरदेवसँगको यस सहकार्यमार्फत सो क्याम्पसमा अध्यनरत विद्यार्थीहरूलाई शुल्क भुक्तानी गर्नकै लागि बैंक जानुपर्ने बाध्यता हट्नेछ भने विद्यार्थीहरूको समय पनि वचत हुने अपेक्षा राखिएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले हाल देशैभर रेहेका शाखा सञ्जाल लगायत ३८ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, दुुई सय ५६ एटीएम, दुई सय ४९ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीन प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत)मार्फत आफ्ना १९ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x