Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनियन लाइफको वार्षिक साधारणसभा

युनियन लाइफको वार्षिक साधारणसभा


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही माघ २६ गते टाइगर प्यालेस रिसोर्ट भैरहवामा वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब १५ करोड रूपैयाँमध्येबाट आठ दशमलव ९७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरको अनुपात ७०ः३० लाख घटाएर ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही माघ १६ गते सेयर दाखिला बन्द हुनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x