Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविद्यार्थीलाई ग्लोबल आईएमई बैंकको सहयोग

विद्यार्थीलाई ग्लोबल आईएमई बैंकको सहयोग


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू उपलब्ध गराई सहयोग गरेकोे छ ।

श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमबीच बैंकको बागमती प्रादेशिक कार्यालय उपप्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापीलगायतका विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका छन् । बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरू विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई वितरण गराएको छ ।

ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरूको आयोजना गरी आम नागरिकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ । कार्यक्रममा बैंकका सहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेम बहादुर गुरुङलगायत बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x