Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशुभम पावरले साधारण सेयर जारी गर्ने

शुभम पावरले साधारण सेयर जारी गर्ने


काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले पाँच करोड ८० लाख ५८ हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १८ गतेबाट सर्वसाधारण सेयरधनीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख ८० हजार पाँच सय ८० कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही माघ २२ गते र ढिलोमा फागुन तीन गने बन्द हुनेछ । बिक्री गरिने कुल सेयरमध्येमा १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूको लागि, पाँच प्रतिशत अर्थात् २९ हजार ३० कित्ता समूहिक लगानी कोषको लागि, दुई प्रतिशत अर्थात् ११ हजार छ सय १० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र बाँकी रहेको चार लाख ८१ हजार आठ सय ८२ कित्ता साधारणको लागि बिक्री गरिनेछ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम पाँच हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिनसक्ने कम्पनीले जानकार दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x