Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता

सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुधबार बसेको चार सय ११ औं सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई आगामी चार वर्षको कार्यकालका लागि सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । पोखरेलले स्थापनाकालदेखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । साथै २०६५ सालदेखिनै दोस्रो वरीयतामा रही बैंकमा कार्यसम्पादन गर्दै आएका छन् ।

पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हालेर उदाहरणीय लगन, परिश्रम, दृढता, सङ्कल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दैआफ्नो प्रथम कार्यकाल पूर्णरूपमा सफल बनाएका छन् । उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाइल बैंकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैंकिङ सेवा सुविधालगायतका अधिकांश सूचक तथा ब्रान्डिङमा राम्रो उपलब्धि हासिल गर्न सफल भएको छ । बैंकले उनको पहिलो चारवर्षे कार्यकालमा निक्षेप औसतमा वार्षिक २६ दशमलव चार प्रतिशतले वृद्धि गरी हाल एक खर्ब ६१ अर्ब ४५ करोड रूपैयाँ पुगेको छ भने कर्जा औसतमा वार्षिक २३ दशमलव ६२ प्रतिशतले वृद्धि गरी हाल एक खर्ब ४२ अर्ब ५४ करोड रूपैयाँ र चुक्ता पुँजी१४ अर्ब २० करोड रूपैयाँपुगेकोे छ ।

त्यसैगरी खुद नाफा चार वर्षमा औषतमा वार्षिक १२ दशमलव ९१ प्रतिशतलेवृद्धि भई आव २०७८/७९ मा दुई अर्बरूपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको पुँजी कोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने ध्येयले प्रदेश १ मा सिर्जना फाइनान्स लिमिटेड, मधेश प्रदेशमा सहयोगी विकास बैंक लिमिटेड र लुम्बिनी प्रदेशमा तिनाउमिशन विकास बैंक लिमिटेडलाई समेत प्राप्ति गरी बैंकले हाल देशैभरि एक सय ८२ शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर, एक सय ३५ वटा एटीएम, ९७ शाखारहित बैंकिङ इकाइ र २० माइक्रोफाइनान्स इकाइबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरू रहेको छ ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर भएको छ । बैंकमा आबद्व हुनुअगाडि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् । व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव भएका श्री पोखरेल दूरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छाशक्ति भएका व्यक्तिका रूपमा परिचित हुन् । नीति नियमको अनुपालना आफ्नो प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाइमा पु¥याउने गरी काम गर्ने प्रतिबद्धता उनले बुधबार आयोजित उच्च व्यवस्थापन तथा शाखा प्रबन्धकहरूको एक बैठकमा व्यक्त गरेका छन् । ‘भित्र सिस्टम, बाहिर इमेज’को मूल उद्देश्यसहित पोखरेलले कार्य आरम्भ गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x