Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविजय लघुवित्तले कमायो दुई करोड १२ लाख

विजय लघुवित्तले कमायो दुई करोड १२ लाख


काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड १२ लाख ५७ हजार सात सय १८ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ३९ लाख २७ हजार छ सय दुई रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३२ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब १२ करोड ८८ लाख २९ हजार नौं सय ९५ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७१ करोड २० लाख ९० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ५० लाख ३५ हजार आठ सय ६५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ९७ लाख २७ हजार तीन सय १९ रूपैयाँ रहेको संस्थाको स्प्रेड दर भने पाँच दशमलव २९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १३ करोड ६६ लाख १७ हजार तीन सय १६ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७५ करोड ७६ लाख ९४ हजार नौ सय ३८ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ३९ लाख २७ हजार छ सय दुई रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ४७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x