Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधनुषामा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

धनुषामा प्रभु बैंकको एक्सटेन्सन काउन्टर


काठमाडौं, चैत २
प्रभु बैंकले धनुषामा पनि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा शुक्रबार धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित जिल्ला प्रशासन कार्यालयमा काउन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । धनुषास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरकोे धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिपराज कँडेलले एक समारोहबीच उद्घाटन गरेका हुन् । एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ । बैंकले हाल दुई सय आठ वटा शाखा कार्यालय, एक सय ५८ वटा एटीएम ४६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x