एनएमबी लघुवित्तको ‘व्यावसायिक रणनीति तथा व्यवस्थापन तालिम’
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रदेश नं ३ धुलिखेल प्रादेशिक कार्यालयअन्तर्गतका विभिन्न २२ वटा शाखाका शाखा प्रमुख र कर्मचारीहरूलाई लक्षित गरी दुई दिने शाखा सञ्चालन, सम्पत्ति शुद्धीकरण र व्यावसायिक रणनीति व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
संस्थाले यो तालिम पहिलो चरणमा गत माघ २७ र २८ गते होटल अरनिको, धुलिखेल काभ्रेमा र दोस्रो चरणमा फागुण २ र ३ गते त्रिशुली रिभरसाइड रिसोर्ट, मलेखु, धादिङमा आयोजना गरेको हो । तालिममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी, विभागीय प्रमुख भुवनेश्वर फुलारा, प्रदेश नं ३ अन्तर्गतको धुलिखेल प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख महेश पाठक, क्षेत्रीय प्रबन्धक मनोन कुमार घर्ती र सोही प्रादेशिक कार्यालयअन्तगर्तका २२ वटा शाखाका शाखा प्रबन्धक र कर्मचारी गरी करिब ७० जनाको सहभागिता रहेको लघुवित्तले जनाएको छ ।
कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत जैशी, शाखा सञ्चालन तथा सामान्य सेवा विभाग प्रमुख फुलारा र धुलिखेल प्रादेशिक कार्यालयको प्रादेशिक प्रमुख पाठकले सहभागीलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा शाखा सञ्चालन केन्द्र बैठक व्यवस्थापन, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधि नियन्त्रण, खरिद प्रक्रिया, फर्मरफरम्याटहरूको कार्यान्वयन, भाखा नाघेको कर्जा व्यवस्थापनसम्बन्धी तालिम दिइएको थियो ।
यसबाहेक कर्जा जोखिम तथा असुलीसम्बन्धी रणनीतिहरू, ग्राहक पहिचान तथा बचत खाता व्यवस्थापन, केवाइसी केवाइसीएमएस एनएमबीएमएफ एमपासबुक, व्यावसायिक रणनीति कृषिमा आधारित नयाँ कर्जा प्रोडक्टसम्बन्धी विषय, उत्प्रेरणा, आन्तरिक नियन्त्रण प्रणाली र ग्राहक सदस्यहरूसँग गर्ने व्यावसायिक व्यवहार तथा सम्बन्धलगायत विषयवस्तुमा प्रशिक्षण दिइएको थियो ।
संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले तालिममा सहभागी सबै शाखाका शाखा प्रबन्धक र कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै अन्य प्रदेशअन्तर्गतका सबै प्रादेशिक कार्यालयमा पनि दुई दिने शाखा सञ्चालन, सम्पत्ति शुद्धीकरण र व्यावसायिक रणनीति व्यवस्थापन तालिम सञ्चालन भइरहेको विभागीय प्रमुख फुलाराले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं २५ हेम्जा, कास्कीमा केन्द्रीय कार्यालय र सातवटै प्रदेशमा सातवटा प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा एक सय ४८ वटा शाखा विस्तार गरेर एक लाख २० हजार हाराहारी विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया