Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथनको उपाधि टिम कोड क्राफ्टर्सलाई

‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथनको उपाधि टिम कोड क्राफ्टर्सलाई


काठमाडौं । एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा सिक्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिङ फर ह्युम्यानिटी’ सम्पन्न भएको छ । यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने सोलुसन्सहरुमा काम गरेका थिए ।

यस ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समूहहरुको पिचिङपश्चात् विजयी समूहहरुको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिममध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार एक लाख ५० हजार रुपैयाँसहित प्रथम पुरस्कार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ । त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोस्रो स्थानमा रहन सफल भई एक लाख रुपैयाँ जित्न सफल भएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अलर्ट सिस्टमले तेस्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ जितेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरुलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरुमा रचनात्मकता बढाउन सहयोग गरेको बताए । ‘यो कार्यक्रम महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी साबित भएको छ । यसले महिला र नन–बाइनरी छात्राहरुलाई अवसरका साथै उनीहलाई आवश्यक प्लेटफर्म प्रदान गरेको छ’, उनले भने । एनसेलले विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डीईआई) प्रति आफ्नो प्रतिबद्धताअनुरुप महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने प्रमुख उद्देश्यअनुरुप सिक्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो ।

गर्ल्स इन टेक र वुमन इन बिग डेटा साझेदारको रुपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरुलाई एक साथ नविन सोलुसन्सहरु विकासको लागि अवसर प्रदान गरेको थियो । माघ २७ देखि २९ सम्म आयोजना गरिएको यस ह्याकाथनमा विभिन्न विषयहरुमा टक कार्यक्रम र कार्यशालाहरु आयोजना गर्दै सहभागी छात्राहरुलाई आफ्नो प्रोजेक्टको विकासको लागि चाहिने सीपहरु प्रदान गरिएको बताइएको छ । सिक्वल फाउन्डेसनका सह–संस्थापकहरु आस्था शर्मा र मेलिशा घिमिरेले यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न प्लेटफर्म प्रदान गरेको बताए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x