एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम
काठमाडौं । एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा डियरवाक ग्रुप लिमिटेडअन्तर्गत रहेका डियरवाक कम्पवयर लि. र सिफल स्कुल लि.मा कार्यरत विभिन्न तहका कर्मचारीहरूलाई लगानी व्यवस्थापन तथा म्युचुअल फन्डसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा सहभागीहरूलाई नेपालको धितोपत्र बजार बारे सञ्चिप्त जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्डको बारेमा र खुलामुखी योजना अन्र्तगत रहेको व्यवस्थित लगानी योजनासम्बन्धी सम्पूर्ण जानकारी गराइएको थियो । यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरिरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरूको बारेमा संक्षिप्त छलफल भएको थियो ।
उक्त कार्यक्रममा सहभागीहरूका विभिन्न जिज्ञासाहरूको सम्बोधन गरिएको थियो । यस प्रकारका कार्यक्रमले लगानीकर्ताहरूमा लगानीसम्बन्धी निरन्तर सचेतना अभिवृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया