Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविन लघुवित्तको नाफा एक करोड नौ लाख रुपैयाँले ऋणात्मक

विन लघुवित्तको नाफा एक करोड नौ लाख रुपैयाँले ऋणात्मक


काठमाडौं । विन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड नौ लाख ७१ हजार छ सय ६० रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १७ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी सात करोड ९२ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा १६ करोड ९२ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी ८० करोड ११ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८६ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड एक लाख ५७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात सात दशमलव ५४ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले १५ करोड ८६ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ करोड ८६ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ३३ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ५४ लाख ३७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया