Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफद्वारा यती एयरलाइन्सको दुर्घटनाको मृतक परिवारलाई एक करोडको दाबी भुक्तानी

नेपाल लाइफद्वारा यती एयरलाइन्सको दुर्घटनाको मृतक परिवारलाई एक करोडको दाबी भुक्तानी


काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बीमित संगिता शाहीको यही माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा असामयिक निधन भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ती क्षेत्री (आमा)लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

आफ्ना जीवनकालमा स्वः संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५० लाख रुपैयाँ बीमांक भएको जीवन सहारा बीमा योजना लिएकी थिइन् । बीमांकबापतको रकमअन्तर्गत ५० लाख र दुर्घटना मृत्युदाबीबापत ५० लाख रुपैयाँ गरी जम्मा एक करोड एक लाख रुपैयाँ इच्छाइएको व्यक्ति (आमा)लाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । २०७९ पौष मसान्तसम्ममा कम्पनीको लगानी एक खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष एक खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ र सेयरधनी कोष नौ अर्ब ५२ करोडभन्दा बढी रहेको छ ।

कम्पनीमा दुई लाख १२ हजार तीन सय ६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब एक सय ९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म एक खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार चार सय २० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया