ग्लोबल आईएमई लघुवित्तको नाफा छ करोड ५१ लाख
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ५१ लाख ४४ हजार पाँच सय ९५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ करोड ९९ लाख ७८ हजार चार सय २५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार तीन सय २६ रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब १७ करोड २० लाख ९५ हजार नौ सय ४२ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ३६ करोड ४० लाख ५८ हजार नौ सय ८२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ९१ लाख ७० हजार ८३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा चार करोड छ लाख १५ हजार चार सय २० रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने तीन दशमलव ६६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ५२ करोड ६३ लाख ५३ हजार एक सय ७५ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ७० करोड ९० लाख ३३ हजार आठ सय ९५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ३१ लाख १४ हजार दुई सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव ४० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #6, #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया