Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंक र विवेक अटोबीच सम्झौता

सिभिल बैंक र विवेक अटोबीच सम्झौता


काठमाडौं, चैत ३
सिभिल बैंक लिमिटेड र विवेक अटोमोबाइल्सबीच व्यावसायिक सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटो मोबाइल्सका तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विवेक अटो मोबाइल्सबाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरूलाई विवेक अटो मोबाइल्सको सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्मको ब्याजदरमा चार वर्षे कर्जा सुविधा प्रदान गर्ने छ ।

सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी छ प्रतिशत ब्याज अनुदान कार्यक्रमअन्तर्गत महिलाहरूद्वारा सञ्चालित व्यावसायिक फर्महरूलाई प्रदान गरिनेछ । सो अनुदान पछि वार्षिक ब्याजदर छ दशमलव ९८ प्रतिशतमा सो कर्जा सुविधा प्रदान गरिनेछ । हालसम्म चार लाख ३० भन्दा बढी ग्राहकहरू रहेको बैकले करिब ५४ अर्ब रूपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ५२ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छ । बैंकले सबै क्षेत्रमा गरी एक सय १२ वटै शाखाहरूमार्फत यो कर्जा सुविधा प्रदान गर्ने जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x